काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको राय लिएर चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने भएको छ।
सभापति शेरबहादुर देउवाको निवासमा जारी कार्यसमिति बैठकले नयाँ कार्यतालिका ल्याउने बताइएको भए पनि आज कार्यतालिका नआउने भएको छ।
केन्द्रीय सदस्यहरूको राय लिएपछि मात्रै नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काले बताए। केन्द्रीय सदस्यहरूको धारणापछि मात्रै कार्यतालिका आउने भएपछि बैठक केही दिन लम्बिने भएको छ। अहिले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ।