बार्सा (एजेन्सी)- शनिबार राति भएको स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकाल्दै शिर्ष स्सथान यथाबत राखेको छ । गय राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ ले पराजित गरेको हो ।
अन्तिम ३ मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले आफ्नो जित सुरक्षित गरेको थियो । बार्सिलोनाले खेलको १० औं मिनेटमा अग्रता लिए पनि ३५ मिनेटमारहँदा घरेलु टोली भालेकानोले बराबरी गोल फर्काएको थियो ।
लुइस सुआरेजले जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेल पहिलो हाफमा जोसे पोजोको गोलसँगै १-१ को बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा भालेकानोले अग्रता लियो ।
५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि बार्सिलोना २१ ले पछि परेको थियो । तर अन्तिम तीन मिनेट समयमा दुई गोल गरेपछि खेलमा बार्सिलोना फर्कियो । ८७ औं मिनेटमा ओस्मान डेम्बेलेले बराबरी गोल गरेको केहि बेरमै लुइस सुआरेजले विजयी गोल गरे ।
यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा ४ अंकले अगाडी छ । बार्साको ११ खेलमा २४ अंक छ भने एट्लेटिको म्याड्रिड समान खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अलाभेस २० अंक सहित तेस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४