आइतबार, असार २८, २०८३

आइएमई लाइफले खुलायो आईपीओ

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो।
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुलाएको छ। यसअघि कम्पनीले २० असारदेखि आईपीओ खुला गर्ने भने पनि प्राविधिक कारण देखाएर २१ असारलाई समय तोकेको थियो। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन तथा बिक्री खुलाको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो। 

यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर कम्पनीले विदेश रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिसकेको छ। 

निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

२५ असारसम्म आईपीओमा आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ता सेयर बिक्री नभए बिक्री अवधि ४ साउनसम्म लम्बिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।

प्रकाशित: Jul 06, 2023| 10:47 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्