आइतबार, साउन २४, २०८३

नेपालगञ्ज कारागारभित्र कैदीले गरे आत्महत्या

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

बाँके- बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए। प्रजिअ आर्चायले घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको बताए। उनले आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिए।

प्रकाशित: Jul 06, 2023| 10:10 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्