आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सेवाग्राहीसँग घुस लिंदै गर्दा विभिन्न अभियुक्त अख्तियारको नियन्त्रणमा

सेवाग्राहीसँग घुस लिंदै गर्दा विभिन्न अभियुक्त अख्तियारको नियन्त्रणमा

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

रुपन्देही- रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द्रकुमार यादव वडा नं ५ को सडकको ग्राभेल र पिससी कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग रु ४५ हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ।

अभियुक्त यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको हो।

त्यसैगरी महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा रु एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दालहालले जानकारी दिए।

प्रकाशित: Jul 05, 2023| 20:49 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्