मंगलबार, पुस १५, २०८२

किर्ते नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ, पति फरार

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादव पक्राउ परेकी छन्। उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ।

National life

उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो। सोही मुद्दाका प्रतिवादी मीराका पति महेन्द्र यादव भने फरार छन्। डाक्नेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मीरा दम्पती भारतीय नागरिक रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

प्रहरीले मुद्दा नचलाएपछि उनी मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा पुगेका थिए। इजलासले मुद्दा दर्ता गर्न आदेश जारी गरेपछि उनीहरूविरुद्ध आइतबार नागरिकता कसुरमा मुद्दा दर्ता गरिएको थियो।

उपप्रमुख मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए।

मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएपछि मीरा एमालेका केही नेता-कार्यकर्तासहित हाजिर हुन जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्। प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 05, 2023| 19:58 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्