बिहीबार, असार ४, २०८३

अनलाइन प्रणालीबाट सवारी चालक अनुमतिपत्रको सेवा सुरु

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- सवारी चालक अनुमतिपत्रको अनलाइन भुक्तानीसहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ।

National life

बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्। नयाँ प्रणालीलाई कास्कीबाट सुरु गरिसकेको र एक महिनाभित्र देशका सबै कार्यालयबाट अनलाइन प्रणालीबाट काम हुने भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

नयाँ अनलाईन सेवा मार्फत राजस्व भुक्तानीका साथै स्वास्थ्य परिक्षणका सेवा पनि उपलव्ध हुने उनले बताए। सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि अनलाइन सेवाको शुभारम्भ गरिएको मन्त्री ज्वालाले बताए।

उनले यसको कार्यान्वयनमा सक्रिय रुपमा लाग्ने र यसलाई प्रभावकारी रुप्मा अघि बढाउने जानकारी दिए। सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने लक्ष्यका साथ अन्य विभिन्न निकायमा पनि अनलाईन प्रणाली लागू गर्दै जाने उनको भनाइ छ।

नयाँ व्यवस्थासँगै बायोमेट्रिक र परिक्षा दिन मात्रै यातायात कार्यालय जानुपर्ने मन्त्रालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Jul 05, 2023| 19:41 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्