बुधबार, साउन २८, २०८२

बैतडीका स्थानीय तहले खर्च गर्न सकेनन्

 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet

बैतडी- चालु आर्थिक वर्ष २०७९/८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन्। यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको रु एक अर्ब ६९ करोड ४८ लाख कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ। सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चौडी नगरपालिकाले गरेको छ। मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन्।

पञ्चेश्वर गाउँपालिकाले रु १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशत मात्रै खर्च गरेको छ। चालुुतर्फको रु ३० करोड २९ लाखमध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ। दोगडाकेदार गाउँपालिकाले रु १५ करोड ७३ लाख पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ। चालुतर्फ भने रु ४१ करोड ४७ लाखमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिऐ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु १९ करोड ६९ लाख विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालुतर्फको रु ४५ करोड ५२ लाखमध्ये ९५ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको छ। सिगास गाउँपालिकाले रु १७ करोड ६८ लाख पँुजीगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको रु ३८ करोड ८६ लाखमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ।

प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले रु १७ करोड ५० लाख पुँजीगत बजेटमध्ये ८३ दशलमव ३१ प्रतिशत खर्च गरेको छ। चालुतर्फको रु ३२ करोड ३९ लाखमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ। सुर्नया गाउँपालिकाले रु ११ करोड ४९ लाख पुँजीगत बजेटमध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ। चालुतर्फको रु ३६ करोड १८ लाखमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ।

Metro Mart

यस्तै शिवनाथ गाउँपालिकाले रु १४ करोड ११ लाख पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालुतर्फको रु २५ करोड ५५ लाखमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ। पाटन नगरपालिकाले रु २० करोड १८ लाखमध्ये ७० दशमलव ७४ प्रतिशत पँुजीगत खर्च गरेको छ। चालुतर्फ रु ४८ करोड २९ लाखमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ।

यसैगरी पुर्चौडी नगरपालिकाले चालुतर्फको रु ४७ करोड १० लाखमध्ये रु ४३ करोड ८० लाख अर्थात् ९३ प्रतिशत खर्च गरेको छ। मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ। उसले रु १९ करोड ३० लाखमध्ये रु नौ करोड ४२ लाख मात्र खर्च गरेको छ। यस्तै नगरपालिकाले चालुतर्फको रु ३६ करोड ३७ लाखमध्ये रु ३१ करोड ३१ लाख अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ।

नगर प्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए। उनले भने, ‘कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो। भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ।’ रासस

प्रकाशित: Jul 05, 2023| 20:21 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्