काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समीरमान बस्नेतलाई जन्मकैद भएको छ।
काठमाडौं जिल्ला अदाललते बुधबार मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो। गौचनको काठमाडौंको शान्तिनगरमा दिनदहाडै गोली हानी हत्या भएको थियो।
लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष तथा धनराज योङहाङ, श्यामबहादुर गुम्बी र राजिव तामाङ भन्ने राजिव स्याङ्तानलाई जनही ५ वर्ष कैदको सजाय भएको छ। माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ।