झापा, दमक नगरपालिका-२ सनराईज बोर्डिङ स्कुल अगाडि सडकमा मे.१० प ८२१० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८६ वर्षीय हर्क बहादुर बुढाथोकीको मृत्यु भएको छ। मंगलबार बिहान मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमक हुँदै नोबेल अस्पताल विराटनगरमा बुधबार बिहान थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सल्यान, बागचौर नगरपालिका-१ ठिनबाँङखोलास्थित सडकमा रा.१ त ३२६३ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार लाल बहादुर बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपलागंज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकसहित अन्य २ जनालाई स्थानीय जनप्रिय पोलिक्लिनिक थारमारे हुँदै थप उपचारको लागि नेपालगन्ज बाँकेतर्फ पठाइएको छ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ आमखैयास्थित सडकमा बा.०१००२५ च ३६३४ नम्बरको टाटा पिकअप जिपको ठक्करबाट साईकलयात्री कृष्णपुर नगरपालिका-१ बस्ने ५९ वर्षीय अमर साउँदको बुधबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरीया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चट्याङ लागेर मृत्यु
झापा, गौरीगंज गाउँपालिका-६ कन्चिरास्थित खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर सोही ठाउँ बस्ने प्रसदिया सरदारको छोरा १५ वर्षीय बिजय सरदारको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ। साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने २ जनाको मेडि म्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मृत फेला
कास्की, पोखरा महानगरपालिका-६ स्थित फिर्के खोलाको फेवाताल ड्याममा सोही महानगरपालिका-६ सुकुम्वासी टोल बस्ने ४१ वर्षीय केशव रसमगर बुधबार मृत अवस्थामा फेला परेका छन्।
सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-८ लाप्चा बस्ने ३३ वर्षीया शोभा तामाङ सोही नगरपालिका-९ स्थित सिसाखोलाको भडखलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्।
बारा, प्रसौनी गाउँपालिका-७ बन्जरीयास्थित क्रिक्रिचाह खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
भक्तपुर, भक्तपुर नगरपालिका-२ ब्यासी खस्राङखुसरुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
करेन्ट लागेर मृत्यु
सुर्खेत, बराहताल गाउँपालिका-५ बस्ने ६१ वर्षीय यामलाल कोईरालाको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ। आफ्नै घर नजिक घाँस काट्ने क्रममा विद्युतको पोलबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
डुबेर मृत्यु
बर्दिया, राजापुर नगरपालिका-१० उत्तरखैरीस्थित बड्का कुलोमा डुबेर सोही ठाउँस्थित मामा घरमा बिगत ४/५ दिन अघि आएको सल्यान रानागाउँ गाउँपालिका-५ छत्रेश्वरी बस्ने झग्गु योगीको छोरा १८ महिनाको दिपसन योगीको बुधबार बिहान मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको स्वास्थ्य चौकी खैरी बर्दिया हुँदै बर्दिया आस्पताल गुलरियामा थप उपचारको क्रममा मृत्यु भएको हो।
कपिलवस्तु, कपिलबस्तु नगरपालिका-९ जर्लैयास्थित बाणगंगा नदीमा डुबेर सोही ठाउँ बस्ने ५५ वर्षीय मिठ्ठु लोधको बुधबार दिउँसो मृत्यु भएको छ।