बिहीबार, असार ४, २०८३

ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार बढी सवारी चालक कारबाहीमा

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २०३ सवारीसाधन र चालक कारबाहीमा परेका हुन्।
 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०
National life
Shivam cement

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा नियम उल्लंघन गर्ने दुई हजार बढी सवारी चालकलाई कारबाही गरेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २०३ सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार मापसेमा ६९, लेन उल्लंघनका १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन्। यसैगरी प्रस्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउने १४७  र अन्य १ हजार ७४५ गरी कुल २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ।

प्रकाशित: Jul 05, 2023| 16:17 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्