बुधबार, वैशाख ३०, २०८३

३९.२६ अंकले घट्यो नेप्से

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- बुधबारको सेयर कारोबार ३९.२६ अंकले घटेको छ। मंगलबार १२ अंक सुध्रिएर त्यसअघि तीन कारोबार दिनमा घटेको बजार सुधारउन्मुख देखिए पनि बुधबार सम्हालिन सकेन।

National life

उक्त अंकको गिरावटले नेप्से २०४९ कायम भएको छ। कारोबार रकम भने पछिल्लो दिनको तुलनामा सुधार भएको छ। आज करिब ३ अर्ब ७ करोड माथिको कारोबार भएको छ। 

यस्तै, आजको कारोबार सकिँदा सबै उपसूचकहरु राताम्मे भएका छन्। सबैभन्दा धेरै जीवन बीमा उपसमूहले गुमाएको छ। यो ४०९ अंकले घटेको छ। 

त्यस्तै, निर्जीवन बीमा ३१०, उत्पादन १०५, होटल ८८ अंकले घटेको छ। कम्पनीगतरुपमा हेर्ने हो भने जम्मा १४ कम्पनीको मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ।

प्रकाशित: Jul 05, 2023| 15:46 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्