बिहीबार, असार ४, २०८३

श्रीमती हत्याको अभियोगमा चौधरी पक्राउ

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सप्तरीको सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

National life

खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको थियो।

जबरजस्ती करणी अभियोगमा पक्राउ
ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख विर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका-३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुख विर राईलाई पक्राउ गरेको हो। हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी ईलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका-१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

Shivam cement

प्रकाशित: Jul 05, 2023| 13:32 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्