NadaNada
सोमबार, भदौ २, २०८२

१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

विकास ऋणपत्रलाई सरकारको आन्तरिक ऋण उठाउने उपकरणका रुपमा प्रयोग गरिने चलन छ।
 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet

काठमाडौं–राष्ट्र बैंकले २१ असारमा १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। विकास ऋणपत्रलाई सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा प्रयोग गरिँदै आएको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘च’ निष्कासन गर्न लागेको हो।

६ वर्षे अवधिको यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले समेत खरिद गर्न सक्नेछन्। ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। 

यो ऋणपत्र धितो राखी कर्जा लिन पाइनेछ। ऋणपत्र निष्कासित रकमको ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी रुपमा बिक्री गरिने राष्ट्र बैंकले बताएको छ।

‘अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ। अप्रतिस्पर्धी बोलबालालाई छुट्याइएको रकमभन्दा बढी रमकको बोल प्राप्त हुन आए बोलवालालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ’, राष्ट्र बैंकको सूचनामा भनिएको छ।

त्यस्तै, ब्याजदर निर्धारण गर्दा बोलवालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्म कायम भएको कटअफ् ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ। 

Metro Mart

यसरी कायम भएको एकल ब्याजदरमा ऋण उपलब्ध गराइनेछ। ऋणपत्रका निम्ति घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित: Jul 05, 2023| 13:16 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्