बिहीबार, असार ४, २०८३

टिपरको ठक्करबाट दुईजनाको मृत्यु, चार मृत फेला

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

सुनसरीको ईटहरी उपमहानगरपालिका-६ बिरेन्द्र चोकस्थित सडकमा ना.१ ख ९१०७  नम्बरको टिपरले को.१४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मंगलबार दिउँसो मृत्यु भएको छ।

National life

मृत्यु हुनेहरूमा स्कुटर चालक ईटहरी उपमहानगरपालिका-८ बस्ने ३९ वर्षीया सरिता चौधरी र स्कुटरमा सवार २१ वर्षीया अन्सु चौधरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी सरिताको धरान घोपा र अन्सुको विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

चारजना मृत फेला
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-५ बिष्णुमती तल्लो चिसेनीमा सोही ठाउँ बस्ने ६० वर्षीय रबिन्द्र भन्ने रबिन तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौं महानगरपालिका-७ गौरीघाट कुमारीगालस्थित सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

उदयपुर, कटारी नगरपालिका-७ रतनपुरस्थित सामुदायिक जंगलमा सोही नगरपालिका-७ माझि टोल बस्ने ४८ वर्षीय लिल बहादुर बिश्वकर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

Shivam cement

दाङ, राप्ती गाउँपालिका-४ सिमल खुट्टी बस्ने ६५ वर्षीय प्रेम सागर गिरी सोही ठाउँस्थित पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

डुबेर मृत्यु
सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ औरहि बस्ने देबेन्द्र यादवकी छोरी ७ वर्षीया प्रिति कुमारी  यादवको सोही ठाउँस्थित रहेको कुलोको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।

करेन्ट लागेर मृत्यु
झापाको दमक नगरपालिका-८ बस्ने ४० वर्षीय पदम बहादुर भुजेलको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित रातेखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ ईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।

 

प्रकाशित: Jul 05, 2023| 13:06 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्