बिहीबार, असार ४, २०८३

मनसुन सुरु भएयता बाढीपहिरोबाट २४ को मृत्यु, २५ बेपत्ता

नेपालमा मनसुन सुरु भएको ३० जेठयता बाढीपहिरोमा परेर २४ जनाले ज्यान गुमाएको गृहअन्तर्गतको पूर्वतयारी तथा प्रतिकार्य शाखाको विवरण।
 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं– गृह मन्त्रालयले नेपालमा मनसुन (३० जेठ) सुरु भएयता हालसम्म बाढीपहिरोमा परेर २४ को मृत्यु र २५ बेपत्ता भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको छ। नेपालमा जेठ ३० देखि मनसुन सुरु भएको हो।

National life

पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र पाँच बेपत्ता तथा १३ जना घाइते भएको मन्त्रालयअन्तर्गतको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ। पहिरोबाट मृत्यु हुनेमा ११ पुरुष र चार महिला छन्।

निरन्तर वर्षापछि आएको पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको प्रतिकार्य शाखाको विवरणमा उल्लेख छ। यस्तै, बाढीबाट ९ जनाको मृत्यु र २० बेपत्ता भएका छन्। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला  र पहिचान हुन नसकेका एक जना रहेको गृहको विवरणमा जनाइएको छ।

बाढीपहिरोका कारण ११२ घरपरिवार प्रभावित भएका छन्। बाढीबाट हालसम्म ४ करोड ६६ लाख ३० हजार र पहिरोबाट १३ लाख ४१ हजार ५०० बराबरको धनमाल नष्ट भएको मन्त्रालयले बताएको छ।

मुलुकभरका ७७ जिल्लामध्ये अहिलेसम्म संखुवासभामा बाढीपहिरो क्षति बढी रहेको छ। बाढीपहिरोका कारण संखुवासभामा तीनको मृत्यु र १९ बेपत्ता भएका छन्।

Shivam cement

ताप्लेजुङमा पहिरोमा परेर तीनको मृत्यु र तीन जना बेपत्ता भएको मन्त्रालयको विवरणमा उल्लेख छ। पाँचथरमा आएको बाढीमा परेर तीन जनाले ज्यान गुमाएका छन् भने तीनै जना बेपत्ता भएका छन्।

प्रकाशित: Jul 05, 2023| 11:07 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्