NadaNada
सोमबार, भदौ २, २०८२

बाढीपहिरोले तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोका कारण मेची राजमार्ग, तमोर करिडोर र कोसी राजमार्ग अवरुद्ध रहेको विभागले बताएको हो।
 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet

काठमाडौं– सडक विभागले केही दिनदेखिको निरन्तर वर्षापछि आएको बाढीपहिरोका कारण तीन वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ। सडकमा बाढीपहिरो पसेपछि बिग्रिएका १३ वटा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको हो।

बाढीपहिरोका कारण मेची राजमार्ग, तमोर करिडोर र कोसी राजमार्ग अवरुद्ध रहेको विभागले बताएको छ।

मेची राजमार्गअन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ। तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध छ।

कोसी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडक खण्ड पनि अवरुद्ध रहेको विभागले बताएको छ।

तानसेन–रिडी–कोरला र डुम्रे–बेुंसीसहर–चामे सडक खण्ड एकतर्फी सञ्चालनमा रहेका सडक हुन्। सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड पनि एकतर्फी सञ्चालनमा रहेको विभागले बताएको छ।

Metro Mart

हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडक अवरुद्ध भएको विभागको तथ्यांक छ। बाढीपहिरोकै कारण हालसम्म सडकमा २४ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागको सूचनामा जनाइएको छ।

प्रकाशित: Jul 05, 2023| 10:46 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्