बिहीबार, असार ४, २०८३

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- मुलुकका कतिपय स्थानमा आज भारी वर्षा हुने सम्भावना भएकोले बाढीपहिरोको जोखिमबाट बच्न उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

National life

भारी वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिएकोले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो।

अहिले बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।

आज राति देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित: Jul 05, 2023| 06:54 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्