NadaNada
आइतबार, भदौ १, २०८२

यी प्रदेशमा भारी वर्षाको सम्भावना

 |  मंगलबार, असार १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

भोलि बुधबार पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
 

प्रकाशित: Jul 04, 2023| 22:11 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्