NadaNada
आइतबार, भदौ १, २०८२

कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा

 |  मंगलबार, असार १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

vianetvianet

काठमाडौं- मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढेको छ। कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिले तिनाउ नदीको बहाव खतरा तहमा पुगको छ। स्याङ्जा, अर्घाखाँची, रुपन्देही र पाल्पा जिल्ला बाढीका हिसाबले चेतावनी तहमा रहेका छन्। ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ।

बागलुङ, कास्की, तनहुँ, पाल्पालगायत जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन चेतावनी जारी गरिएको विभागले उल्लेख गरेको छ। 

जल तथा मौसम विज्ञान विभागले पनि कोशी नदीको बहाव बढेको जनाएको छ। सप्तरी, सिरहा, धनुषा जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ। निरन्तरको वर्षाले सेती, कालीगण्डकी नदीको माथिल्लो भेगमा पानीको बहाव बढेको छ।
 
विपद् व्यवस्थापनका लागि प्राधिकरणको तयारी
सम्भावित मनसुनजन्य विपद्को जोखिम व्यवस्थापनका लागि सबै हिसाबले तयारी अवस्थामा रहेको प्रवक्ता खड्काले जानकारी दिए। ‘सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि हाम्रो क्षमता अनुकूलका सबै संयन्त्र र सामग्री तयारी अवस्थामा छन्’, उनले भने, ‘मनसुन अवधिका लागि देशका चार स्थान हेलिकप्टर तैनाथ गरिएको छ। इटहरी, भरतपुर, काठमाडौँ र सुर्खेतमा कम्तीमा आधा घण्टामा पुगेर उद्धार गर्ने गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।’
      
पूर्वमा कोशी र मधेस प्रदेशलाई लक्षित गरी इटहरीमा, बागमती र गण्डकीको केही भागलाई समेट्ने गरी काठमाडौँमा, चितवन आसपासका जिल्लालाई समेट्ने गरी भरतपुरमा र सुदूरपश्चिम र कर्णालीलाई समेट्ने गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। 

जिल्ला जिल्लामा सबैखाले तयारी गरिएको छ। भोलिका दिनमा निकै ठूलै विपद्का घटना आएको खण्डमा सबै किसिमका समग्र विमानस्थल नजिकै रहेका गोदामघरमा स्टोर गरिएको छ। तत्कालै राहत र उद्धारका लागि संयन्त्र र सामग्री पुग्ने गरी व्यवस्था मिलाइएको छ। 

Metro Mart

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै भारी वर्षा, मेघ गर्जन÷चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

प्रकाशित: Jul 04, 2023| 21:58 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्