बिहीबार, असार ४, २०८३

काठमाडौं महानगरमा बालेनले खारेज गरे नेविसंघ

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर भित्र नेपाली कांग्रेसको भातृ संगठन खारेज गरेका छन्।

National life

कांग्रेस महामन्त्री गगन थापालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत बालेनले महानगरभित्र कांग्रेसका  सबै खाले भातृ संगठन नभएको  घोषणा गरेका हुन्। 

थापाले सोमबार एक कार्यक्रममा शिक्षण संस्थामा राजनीतिक दलको झोला बोकेर जान पाइँदैन भनेका थिए।  उनले संघीय शिक्षा ऐन जस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्ने बताउँदै त्यसमा कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले नचिन्ने अवस्था बनाउनुपर्ने बताएका थिए।

थापाको सोही भनाईलाई लक्षित गर्दै बालेनले लेखेका छन्, 'माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो । नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यलय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोसणा गर्दछौँ,' बालेनले फेसबुकमा लेखेका छन्, 'बोलेको कुरा, पूरा गर्नुहोला माननीयज्यू ।'

 

Shivam cement

 

प्रकाशित: Jul 04, 2023| 21:22 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्