काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले सहसचिव उपाध्ययालाई सचिवमा नियुक्त गरेको हो।
बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा पदका लागि लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्यय सिफारिस भएका थिए।
जसमा मन्त्रिपरिषद्को बैठकले उपाध्ययलाई सचिवमा बढुवा गरेको हो।