मंगलबार, चैत १७, २०८२

चितवन विराटनगरलाई पराजित गर्दै दोस्रो चरणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पोखरा- पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको अन्तिम खेलमा विराटनरलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । यससँगै धागढी ब्लुज, बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरीएका छन् । 

विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको चितवनले १९.३ ओभरमा मात्र ६ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायको हो । चितवनका लागि सन्नी पटेलले अर्धासतकिय पारी खेल्दै अविजित रहे । 

उनले २४ बल खेल्दै चार चौका र चार छक्का प्रहार गर्दै ५१ रन जोडे । त्यस्तै आरिफ सेखले ३५, स्मित पटेलले २१, अनिल साहले १३ र सोनु तामाङले ११ रन जोडे । 

विराटनगरका लागि सन्दिप लामिछानेले सर्वाधिक चार विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । त्यस्तै किसोर महतो र सहाब आलमले समान एक एक विकेट लिए ।

यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरका लागि विदेशी खेलाडी मुहमद जाइद आलमले अर्धसतकिय पारी खेले । उनले ४७ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । 

उनले पहिलो विकेटका लागि अर्का ओप्नर सुनिल धमलासँग ८७ रनको साझेदारी गरेका थिए । आलम १३.१ ओभरमा करन केसीको बलमा क्याचआउट हुन पुगेका थिए । अर्का ब्याट्सम्यान धमलाले ४७ रन जोडे । उनले ४५ बलमा सात चौका प्रहार गर्दै ४७ रन जोडेका हुन् । त्यस्तै प्रदिप ऐरीले ११ रन जोडे ।

चितवनका लागि स्मित पटेलले दुई विकेट लिए । उनले चार ओभर गर्दै २७ रन खर्चे र दुई विकेट लिएका हुन् । त्यस्तै कप्तान पारस खड्काले पनि चार ओभर गर्दै २९ रन खर्चेर दुई विकेट लिए । करन केसी चितवनका लागि एक विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।