बिहीबार, असार ४, २०८३

कान्द्रा नदीमा पुल बनेपछि हट्दै भजनीका दुःख

बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो। सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्न कठिन हुने गरेको स्थानीयहरु बताउँछन्।
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

कैलाली- कैलाली भजनी नगरपालिकाका भिक्कु थारू उमेरले ७६ पुगे। आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तरेका भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी छन्। 

National life

‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ,’ भिक्कुले भने, ‘हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो।’

विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उनले सुनाए। प्रत्येक बर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो। यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन्। 

बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो। सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठिन हुने गरेको उनको अनुभव छ।

‘पुल बनेर कान्द्रको डुङ्गा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुङ्गा विस्थापित भयो,’ स्थानीय प्रकाश चौधरीले भने, ‘निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो।’  

Shivam cement

स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भए स्थानीयलाई सहज बताउँछिन्। ‘भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘यसका लागि प्रत्येक पटक ४० रुपैयाँ खर्चनु पर्दथ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो।’  

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको प्रतिक्रिया दिए। ‘पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन निकै सहज भएको छ। यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ,’ उनले भने, ‘पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ। यो भजनीको विकासमा ठूलो फड्को हो।’ 

१ सय मिटर लामो यो पुल निर्माणका लागि वि.सं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो। तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी बिरुवा–लामा–शेर्पा साल्पा जेभीको दाबी छ। कम्पनीले ३ करोड ४५ लाख २० हजार रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा पाएको थियो।    -रासस 

प्रकाशित: Jul 04, 2023| 21:22 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्