बुधबार, फागुन २७, २०८२

मौसमी संक्रमणबाट कसरी बचाउने बालबालिकालाई ?

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

मनसुन सुरु भएपछि यसको असर साना बालबालिकामा बढी देखिन थाल्छ। पानी पर्न सुरु भएदेखि थुप्रै रोगहरु लाग्ने खतरा पनि उत्तिकै हुन्छ। यस्तोमा इम्युनिटी कमजोर भएका बालबालिका तथा वृद्धवृद्धाहरुलाई संक्रमण हुन सक्छ। यस्तोमा आफ्नो स्वास्थ्यलाई सामान्य बनाइराख्न र मौसमी रोगहरुबाट स्वयंलाई सुरक्षित राख्नु महत्वपूर्ण हुन्छ। यी नियमहरु अपनाउँदा गर्मी र बर्खाको बेला हुने मौसमी रोगहरुबाट बच्न सकिन्छ।

National life

रोग लाग्न नदिन केही सामान्य उपायहरु अपनाउँदा संक्रमणबाट बच्न सकिन्छ। बालबालिकालाई स्वास्थ्य बानी सिकाउनु राम्रो हुन्छ। यस्तो बानीले उनीहरुलाई सधैं साथ दिइरहेको हुन्छ। व्यक्तिगत स्वच्छता पनि यस्तै बानी हो। बाहिरबाट आउँदा, खाना खानुभन्दा अगाडि, खाइसकेपछि साबुनपानीले हात धुनुपर्छ। यसका साथै शौचालयबाट आएपछि साबुन–पानीले हात धुन सिकाउनु पर्छ। यसले किटाणु र संक्रमणहरुलाई फैलनबाट रोक्छ र मौसमी संक्रमण हुनबाट जोगाउँछ।

मनसुनको मौसममा संक्रमणको खतरा कैयौं गुणा बढ्छ। यस्तोमा घरको चारैतिरको वातावरण सफा हुनु जरुरी हुन्छ। यसका साथै आफू बस्ने ठाउँको छेउछाउमा कतै जमेको पानी, पोखरीहरु छ-छैन भन्ने ध्यान राख्नुपर्ने हुन्छ। किनभने लामखुटे र अन्य रोग फैलाउने किराहरुको लागि यस्तो ठाउँ प्रजनन् स्थल बन्न सक्छ। यसका साथै पानी राख्ने भाँडा, टंकीलगायतका चिज नियमित रुपले खाली र सफा राख्नुका साथै आफ्नो छेउछाउको वातावरण सुख्खा राख्नुपर्छ।

बालबालिकालाई स्वस्थ राख्नको लागि उनीहरुलाई स्वच्छ पानी खान दिनुपर्छ। पानीको गुणवत्ता कम भएको खण्डमा त्यस्तो पानीलाई उमालेर तथा फिल्टर गरेर प्रयोग गर्नुपर्छ। मनसुनको बेला ताजा खाना र घरको पकाएको खाना खानु राम्रो हुन्छ। बालबालिकालाई घरमा पकाएको ताजा खाना खान दिनुपर्छ। साथै यस्तो बेला सडकमा बेच्न राखिएको खाना वा अस्वस्थकर स्थानहरुमा राखिएको खाना खानाले फुड कन्ट्यामिनेसन र खानाले लाग्ने रोग लाग्न सक्छ।

बालबालिकालाई रोग र संक्रमणबाट बचाउनको लागि उनीहरुको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छ। यसको लागि उनीहरुको नियमित डाइटमा सन्तुलित र पौष्टिक आहार सामेल गर्न सकिन्छ। उनीहरुको रोग प्रतिरोधक क्षमता बढाउन र संक्रमणबाट बच्नको लागि खानामा फल, तरकारी, अनाज र प्रोटिन युक्त खाद्य पदार्थ सामेल गर्न जरुरुी हुन्छ।

Laxmi sunrise bank
kumari

बर्खाको बेला बालबालिकालाई पानीमा नांगो खुटा हिँड्नु हुँदैन। फोहर पानीको कारण संक्रमण हुने र रुघा–खोकी लाग्ने खतरा हुन्छ। त्यही भएर यस्तो मौसममा बालबालिकाहरुलाई चप्पल लगाएर हिँड्न प्रोत्साहन गर्नुपर्छ।
- दैनिक जागरणको सहयोगमा

 

प्रकाशित: Jul 05, 2023| 06:12 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्