बुधबार, वैशाख ३०, २०८३

राजस्व संकलन गर्ने सरकारको लक्ष्य आधारहीन छ: वाग्ले

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले चालू आर्थिक वर्षमा लिएको राजस्व संकलन लक्ष्य आधारहीन रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा सांसद वाग्लेले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको बताए।

National life

असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्बमात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्यांक दिएको बताए। उनले अर्थ मन्त्रालयले एक महिना अघिमात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने तर्क गरे।

उनले नेपालको औसत दैनिक राजस्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने बाध्यता सरकारलाई रहेको बताए। उनले असार १८ गतेसम्म सरकारको अनुदान पनि ४ अर्ब ८० करोड आएको बताए।

सांसद वाग्लेले सरकारको राजस्व र वैदेशिक अनुदानको संशोधित अनुमान र वास्तविकताबीचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताए।

 

प्रकाशित: Jul 04, 2023| 17:45 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्