बुधबार, वैशाख ३०, २०८३

तीन कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ। बोर्डले ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, माण्डु हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरलाई आईपीओको अनुमति दिएको हो।

National life

हाथवेले भने ५० रुपैयाँ प्रतिकित्ता दरमै आईपीओ जारी गर्ने भएको छ। बोर्डले ह्याथवेलाई प्रतिकित्ता ५० रुपैयाँको दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो। यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

माण्डु हाइड्रोपावरले भने १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गर्न माण्डुले अनुमति पाएको हो। यसमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस्तै, मिड-सोलु हाइड्रोपावरले भने प्रतिकित्ता १०० रुपैयाँको दरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी १४ लाख ९६ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ। यसमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

प्रकाशित: Jul 04, 2023| 16:48 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्