बुधबार, साउन २८, २०८२

करमा दर्ता हुनेको संख्या ५४ लाख नाघ्यो

व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बर १२ हजार ६३५ र कर कट्टी गर्ने निकायले लिएका दुई स्थायी लेखा नम्बर खारेज भएका छन्।
 |  मंगलबार, असार १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

vianetvianet

काठमाडौं– अर्थ मन्त्रालयले करमा दर्ता भएका विभिन्न २८ हजार ३५३ करदाताको दर्ता खारेज गरिएको विवरण सार्वजनिक गरेको छ। व्यावसायिक, व्यक्तिगत र कर कट्टी गर्ने निकायका गरी हालसम्म उक्त संख्याका करदाताको दर्ता खारेज गरिएको मन्त्रालयले जनाएको हो।

व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बर १२ हजार ६३५ र कर कट्टी गर्ने निकायले लिएका दुई स्थायी लेखा नम्बर खारेज भएका छन्। 

कानुन अनुसार स्थायी लेखा नम्बर स्थायी प्रकृतिको हुनाले परिवर्तन गर्न नमिल्ने र कारोबार रहुन्जेलसम्म सोही नम्बर प्रयोग गर्नुपर्छ। तर कारोबार गर्न छाडेको अवस्थामा दर्ता खारेजी वा स्थगन गर्नुपर्ने कानुनी व्यवस्था छ। 

संगठित संस्थाको हकमा बन्द, बिक्री वा हस्तान्तरण भए वा अस्तित्व नरहे, करदाताको मृत्यु भए, साझेदारी भए विघटन भए वा साझेदारको मृत्यु भए र कारोबार गर्न छाडेको अवस्थामा दर्ता खारेज हुने कानुनी व्यवस्था छ। 

यसबाहेक हालसम्म ४ हजार ६०७ वटा मूल्य अभिवृद्धि कर र २ हजार ४२९ वटाको अन्तःशुल्क दर्ता खारेज भएको मन्त्रालयको विवरणमा उल्लेख छ।मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा करिब ६ लाख करदाता थपिएका छन्। चालू आवको वैशाखसम्म ६ लाख ३१ हजार ३६६ जनाले स्थायी लेखा नम्बर लिएका हुन्।

Metro Mart

यीमध्ये १ लाख २३ हजार ७६० ले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन्। ४ लाख ९९ हजार ५७९ हजारले व्यक्तिगत स्थायी नम्बर लिँदा आठ हजार २७ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएका छन्। सोही अवधिमा २० हजार १०३ मूल्य अभिवृद्धि कर र ९ हजार १५९ वटा अन्तःशुल्कमा दर्ता भएका छन्। 

५ हजारमाथिको कारोबारका लागि स्थायी लेखा नम्बर अनिवार्य गरिँदा पनि दर्ता हुनेको संख्या बढिरहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार हालसम्म करमा दर्ता हुनेको संख्या ५४ लाख नाघेको छ।

तीनै प्रकृतिका गरेर ५४ लाख ३३ हजार ८२४ ले स्थायी लेखा नम्बर लिएको मन्त्रालयको तथ्यांक छ। कुल करदातामध्ये १८ लाख ७० हजार ४५७ ले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने ३५ लाख ३७ हजार २४८ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। 

मन्त्रालयका अनुसार कर कट्टी गर्ने २६ हजार ११९ वटा निकायले पनि स्थायी लेखा नम्बर लिएका छन्।  हालसम्म ३ लाख ७ हजार २७ मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् भने १ लाख १८ हजार ९६१ अन्तःशुल्कमा दर्ता भएका छन्।

प्रकाशित: Jul 04, 2023| 15:48 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्