बुधबार, साउन २८, २०८२

१२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम कति ?

 |  मंगलबार, असार १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- तीन दिन लगातार घटेको सेयर बजार मंगलबार भने बढेको छ। आज परिसूचक नेप्से १२.७३ अंक बढेर २०८८ अंकमा कायम भएको छ। कारोबार रकम भने जम्मा २ अर्ब ५७ करोडमा खुम्चिएको छ।

सोमबार ४ अर्ब ५ करोडको कारोबार भएको थियो। कुल १४५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ९ को स्थिर रहृयो। सबै उपसमूहका सूचक बढेका छन्। बैंकिङ १, विकास बैंक ३१, फाइनान्स ३५, होटल १३३, जलविद्युत् ३, जीवन बीमा ३०, उत्पादन ४०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १५ अंक बढे।

सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। मानुसी लघुवित्त र सिंगटी हाइड्रोको ६ प्रतिशत हाराहारीमा मूल्य बढ्यो। बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा नागरिक लगानी कोष, एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सोल्टी होटल क्रमशः अगाडि रहे।

प्रकाशित: Jul 04, 2023| 15:20 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्