काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएपछि प्राधिकरणले हवाई भाडा समायोजन गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो।
नयाँ भाडादर आजैबाट लागू भएको छ। निगमले हिजो १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धन (आन्तरिक)को मूल्य १३६ रुपैयाँमा झारेको थियो।