बुधबार, वैशाख ३०, २०८३

अर्थतन्त्र चिन्ताजनक अवस्थामा छैन: मन्त्री महत

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको बताउँदै चिन्ताजनक अवस्था नरहेको दाबी गरेका छन्।

National life

आज प्रतिनिधिसभा अर्थ समितिको बैठकमा अर्थमन्त्री महत भने, ‘अर्थतन्त्रको अवस्था सुधारोन्मुख छ, संकटमा छैन। बहसहरू चलिरहन्छन्। समग्रमा अर्थतन्त्रको अवस्था राम्रो छ।'

नेपाल भौतिक रुपमा पछि परेको स्वीकार्दै उनले माग धेरै रहेको र त्यसलाई पूरा गर्न नसक्दा असन्तुष्टि आउनु स्वाभाविक रहेको बताए। समस्याहरू विविध क्षेत्रमा रहेकाले अर्थ मन्त्रालयले अगुवाइ गर्ने बताउँदै उनले तर विभिन्न मन्त्रालयको समान क्रियाशिलता र भूमिका रहेमात्र लक्ष्यमा पुग्न सकिने धारणा राखे।

सांसदहरूका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले राजस्व उठ्ने क्रममा समस्या देखिए पनि प्रगति भने भएको दाबी गरे। उनले आन्तरिक राजस्व गत सालको भन्दा बढी उठाउन सक्ने बताए।

प्रकाशित: Jul 04, 2023| 11:44 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्