बिहीबार, साउन ७, २०८३

पोखरा शिर्ष स्थानमा रहदै पीपीएलको फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत काठमाडौं रोयल्सलाई पराजित गर्दै लिगको शिर्ष स्थानमा रहदै पोखरा पल्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गर्दै लिगको शिर्ष स्थानमा प्रवेश गरेको थियो । 

काठमाडौंले दिएको १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १५.‍‌‌५ ओभरमा मात्र ६ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायो । पोखराका लागि मोहमद नाभिदले ३६ रन जोड्दा रविन्द्र सिंहले २२, आसिफ सेखले १७, रोहित कुमार पौड्यालले १५ र कुसाल भुर्तेलले १४ रन जोडे । 

यता बाठमाडौंका लागि अमर रौटेलाले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । २.५ ओर गर्दै ३९ रन खर्चेर तीन विकेट लिएका थिए । त्यस्तै पवन सरफ, नन्दन कुमार यादव र सुसान्त भारीले समान एक एक विकेट लिए ।

यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन मात्र जोड्न सकेको थियो । खराब सुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए । 

ओपनर अमित श्रेष्ठले २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए । वसन्त रेग्मी १९ रनमा नटआउट रहँदै टोलीलाई १ सय ३ रनको स्कोर बनाउम मद्दत गरे । उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

मोहम्मद नाविदले दुई विकेट हात पारे । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चदै २ विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन दिंदै ३ विकेट लिए । 

राशिद खानले २ तथा विक्रम भुषालले १ विकेट लिए । पोखराले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । यो खेलमा जित हात पार्ने टोलीले शीर्ष तीनमा स्थान बनाउनेछ । पराजित भएपनि काठमाडौंको सम्भावना जिवितै रहनेछ । पोखराले जित हात पारेको खण्डमा विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्स प्रतियोगिताबाट बाहिरिने छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।