बिहीबार, साउन ७, २०८३

पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा जोकोभिच र फेडरर भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा चर्चित प्रतिद्वन्द्वी नोभाक जोकोभिच र रोजर फेडरर भिड्ने भएका छन् । शुक्रबार राति भएको खेलमा जोकोभिचले क्रोयसियाका मरिन सिलिचलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए भने फेडररले की निसिकोरीलाई पराजित गरेका थिए । 

पेरिसमा भएको खेलमा दोस्रो वरीयताका जोकोभिचले सिलि विरुद्ध एक सेटले पछि परेको अवस्थामा कमब्याक गरे । दुई घण्टा १२ मिनेट कोर्टमा बिताएका जोकोभिचले पहिलो सेट ४-६ ले गुमाएका थिए । 

तर त्यसपछि उत्कृष्ट कमब्याक गरेको जोकोभिचले दोस्रो सेट ६-२ ले जिते भने तेस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा पनि दुई-एकले पछि परेको अवस्थामा खेलमा फकिएका थिए ।

यस्तै अर्को खेलमा स्विस खेलाडी फेडररले जापानी खेलाडी की निसिकोरीविरुद्ध २-० को सहज जित निकाले । अष्ट्रेलियन च्याम्पियन फेडररले १० औँ वरीयताका निसिकोरीविरुद्ध पहिलो सेट ६-४ ले जितेका थिए भने दोस्रो सेटमा पनि ६-४ ले नै विजयी भएका थिए । 

अघिल्लो साता स्विस इन्डोरको उपाधि जित्दै उपाधि संख्या ९९ औँ पुर्याएका फेडररले यो प्रतियोगिता जितेमा उपाधिमा शतक बनाउनेछन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।