बिहीबार, असार ४, २०८३

कालीकोटको रास्कोटमा एक घर, एक ओखर बिरुवा अनिवार्य   

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

मान्म- कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ। हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो।

National life

नगरपालिकामा खुक्खापन बढ्दै गएकाले ‘एक घर, एक ओखर बिरुवा’ रोपेर हरियाली बनाउने योजना रहेको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य रोप्ने नीति लिएको नगर प्रमुख धर्मराज शाहीले बताए।

‘आयआर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका छौं’, उनले भने, ‘ओखरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ।’

नगरपालिकाभित्रमा तीन हजार छ घरधुरी रहेका र ती सबै घरधुरीमा अनिवार्य ओखरका बिरुवा रोप्नुपर्ने नीति अघि सारिएको नगर उपप्रमुख मनिराज बरालले बताए। ‘हामीले कुनै पनि काम आर्थिक जीविकोपार्जनसँग जोड्न सक्नुपर्छ, त्यसका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘केबल विकास भनेको सडक, पूर्वाधार, अनुदान मात्रै नभएर नागरिकको आयआर्जनसँग पनि जोड्न सक्नुपर्छ।’

आगामी आर्थिक वर्षमा नागरिकलाई नगरपालिकाबाट दिने सेवामा नागरिकको घरमा अनिवार्य ओखर रोपेको प्रमाण पेस गर्नुपर्ने र ओखरका बिरुवा नगरपालिकाले वितरण गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए।

Shivam cement

‘ओखरका बिरुवा नगरपालिकाले अनुदानमा दिनेछ’, उनले भने, ‘नागरिक आफैँले पनि रोप्न सक्नुहुन्छ, तर सबै नागरिकलाई ओखरका बिरुवा दिने योजना बनाएका छौँ।’

प्रकाशित: Jul 03, 2023| 22:02 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्