बिहीबार, असार ४, २०८३

हुम्लामा बाढीका कारण तीन घरमा क्षति

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०
National life
Shivam cement

हुम्ला- आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले हुम्लाका तीन घरमा क्षति पुर्‍याएको छ। नाम्खा गाउँपालिका-३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए।

आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो। लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उनको भनाइ छ।

लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो। बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पुर्‍याएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ।

प्रकाशित: Jul 03, 2023| 22:23 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्