आइतबार, भदौ १, २०८२

अपहरणपछि बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

 |  सोमबार, असार १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

vianetvianet

काठमाडौं- अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दाङ साविक उरहरी गाबिस- ८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

नविन बस्नेत समेतका प्रतिवादीहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङ तुलसीपुर नगरपालिका-५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी दाङ तुलसीपुर नगरपालिका ५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामूहिक जबरजस्ती करणी गरेको अपहरण तथा जबरजस्ती करणी मुद्दामा घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं काभ्रेस्थलीबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

जबरजस्ती करणी अभियोगमा पक्राउ
रूपन्देही, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका-४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। हरिजनले ती बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

हुम्ला, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका-३ फडेरा गाउँ बस्ने २७ वर्षीय जनक बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। कामको शिलशिलामा बुबासँगै उक्त गाउँमा गएकी ती बालिकालाई शनिबार राति जनकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: Jul 03, 2023| 17:49 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्