बुधबार, फागुन २७, २०८२

दैनिक कति घण्टा सुत्नुहुन्छ? अनिद्राले निम्त्याउँछ यस्ता समस्या

सन् १९४० को दशकमा एकजना मानिस औसतमा दैनिक ७.९ घण्टा सुत्थ्यो, त्यो समय अहिले ६.७५ घण्टामा झरेको छ। अध्ययनहरुका अनुसार मानिसको आयु घटाउने कारकमध्ये एउटा अनिद्रा पनि हो।
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

अहिलेको युवा पुस्ता ग्याजेट्समा धेरै समय बिताउँछ। घण्टौंसम्म मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब, टिभीमा व्यस्त भएपछि सही समयमा निद्राको सिग्नल दिमागमा पुग्दैन। साथै ग्याजेट्सको अधिक प्रयोगले दिमागमा हार्मोनल डिसब्यालेन्स हुन जान्छ। फलस्वरुप अनिद्रा अर्थात् इन्सोमनियाको समस्या देखा पर्छ।

National life

सन् १९४० को दशकमा एकजना मानिस औसतमा दैनिक ७.९ घण्टा सुत्थ्यो, त्यो समय अहिले ६.७५ घण्टामा झरेको छ। अध्ययनहरुका अनुसार मानिसको आयु घटाउने कारकमध्ये एउटा अनिद्रा पनि हो।

शरीरको थकान पूर्ण रुपमा मेटाउन दैनिक ७ देखि ८ घण्टाको निद्रा आवश्यक पर्छ। तर, हामीमध्ये कैयौं निद्रालाई बेवास्ता गर्छौं।

जो आफ्नो निद्रालाई लिएर असाध्यै लापरवाह हुन्छन् र कहिल्यै पर्याप्त निदाउँदैनन्, उनलाई शारीरिक र मानसिक समस्या देखिन्छ नै।

थकान, तनाव, मुड खराब हुने, छिटो निर्णय गर्न नसक्ने, आत्मविश्वासको कमीजस्ता शारीरिक तथा मानसिक समस्या अनिद्राले निम्त्याउँछ।

Laxmi sunrise bank
kumari

निद्रा पर्याप्त नहुँदा कतिपयलाई निद्रामा हिँड्ने समस्या पनि देखिन्छ। साथै हर्ट अट्याक, उच्च रक्तचाप, ब्रेन ह्यामरेज जस्ता घातक स्वास्थ्य समस्याको जोखिम पनि बढ्छ।

शरीरको थकान पूर्ण रुपमा मेटाउन दैनिक ७ देखि ८ घण्टाको निद्रा आवश्यक पर्छ। तर, हामीमध्ये कैयौं निद्रालाई बेवास्ता गर्छौं।

अनिद्राले सबैभन्दा बढी असर मुटुमा पर्छ। किनकि अनिद्राले जतिखेर पनि थकान महसुस भइरहन्छ। थकानले रक्तप्रवाहमा समस्या ल्याउँछ। फलस्वरुप मुटुलाई रगतको पम्पिङमा चाप पर्छ।

के कारणले हुन्छ अनिद्रा ?

- ग्याजेट्सको अधिक प्रयोग

- धुमपान

- चिया–कफीको अधिक सेवन

- राति काम गर्दा हुने बायोलोजकल क्लक डिस्टर्ब

पर्याप्त निद्राका लागि के गर्ने ?

- सुत्ने–उठ्ने तालिका बनाउने र त्यसलाई पालना गर्ने

- व्यायाम, ध्यान, योग गर्ने

- खानपानमा ध्यान दिने

- राति हल्का खानेकुरा खाने र खानेबित्तिकै नसुत्ने

- सुत्ने बेलामा कुनै तनाव नलिने

- राति चिया–कफी नखाने

प्रकाशित: Jul 04, 2023| 06:14 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्