आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खाद्य कम्पनीको मन्त्रालयलाई चिठ्ठीः बर्खायाम खाद्य अभाव नहुने

खाद्य कम्पनीको मन्त्रालयलाई चिठ्ठीः बर्खायाम खाद्य अभाव नहुने

हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लामा ३६ हजार ३५६ क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीको विवरण।
 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं– सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बर्खायाम खाद्यान्न अभाव नहुने बताएको छ। कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको पत्रमा बर्खामास खाद्य अभाव नहुने बताएको हो। 

देशभरका गोदाममा खाद्यान्न मौज्दात रहेको र थप खाद्यान्न खरिद तथा ढुवानी प्रक्रिया जारी रहेको कम्पनीले जनाएको छ। हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लामा ३६ हजार ३५६ क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले विवरण सार्वजनिक गरेको छ। 

अति दुर्गम तथा दुर्गम जिल्लामा २५ हजार ५ सय ५ क्विन्टल खाद्यान्न मौज्दात रहेको बताइएको छ। प्रतिस्पर्धाको माध्यमबाट थप खाद्यान्न खरिद भइरहेको, थप चामल खरिदका लागि बोलपत्र आह्वान प्रक्रिया जारी रहेको कम्पनीको भनाइ छ। हाल २६ हजार ३७५ क्विन्टल धान मौज्दात रहेको कम्पनीले बताएको छ।

साल्ट ट्रेडिङमार्फत तत्काल ३४ हजार ३२० क्विन्टल गहुँ प्राप्त हुने क्रममा रहेको कम्पनीले जनाएको छ। योसहित २ लाख ६६ हजार ३ सय क्विन्टल खाद्यान्न मौज्दात रहने कम्पनीले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ। 

खुला बजार स्पर्धाबाट सम्झौता भएको ८९ हजार १०० क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयातीत  खाद्यान्न लोड हुने क्रममा रहेको मन्त्रालयमा पठाइएको चिठ्ठीमा भनिएको छ।

प्रकाशित: Jul 03, 2023| 17:17 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्