बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जेठ मसान्तसम्म निर्जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जन सवा ३६ अर्ब बढी

जेठ मसान्तसम्म निर्जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जन सवा ३६ अर्ब बढी

हाल सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले जेठमा मात्रै साढे ३ अर्बको कारोबार गरेका छन्। 
 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं– जेठ मसान्तसम्म निर्जीवन बिमा कम्पनीले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको नियामक बिमा प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको छ।

National life

गत वर्षको जेठमा निर्जीवन बिमा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा निर्जीवन बिमा कम्पनीको व्यवसाय बढेको हो।

हाल सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले जेठमा मात्रै साढे ३ अर्बको कारोबार गरेका छन्। जेठमा सर्वाधिक बिमाशुल्क आर्जन गर्ने कम्पनीका हिमालयन एभरेष्ट पहिलो बनेको छ। कम्पनीले ५७ करोड १९ लाख बिमाशुल्क आर्जन गरेको छ।

सिद्धार्थ प्रिमियर दोस्रो स्थानमा रहेर ३६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। तेस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनीले ३५ करोड ७८ लाख आर्जन गरेको छ। यस्तै, चौथो नम्बरमा रहेको शिखरले ३३ करोड ३८ लाख, पाँचौंमा आइएमई प्रुडेन्सियलले ३१ करोड ७२ लाख संकलन गरेको छ।

आव २०७९/८० को जेठ मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४१ करोडको व्यवसाय गरेको छ। द ओरेन्टलले १ अर्ब २४ करोड, राष्ट्रिय बिमा कम्पनीले २ अर्ब २६ करोड, नेसनल इन्स्योरेन्सले ९० करोड, नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४० करोड, शिखर इन्स्योरेन्सले ४ अर्ब ७६ करोडको कारोबार गरेका छन्।

यस्तै, एनएलजी इन्स्योरेन्स २ अर्ब १४ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ६ करोड, सानिमा जीआईसीले २ अर्ब ४ करोड, सिद्धार्थले ४ अर्ब १ करोड, सगरमाथाले ४ अर्ब ८ करोड, आईजीआई प्रुडेन्सियलले ३ अर्ब १ करोड र युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोडको व्यवसाय गरेको बिमा प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको छ।

प्रकाशित: Jul 03, 2023| 16:52 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्