बुधबार, वैशाख ३०, २०८३

नेप्से २१ अंक घट्दा चार अर्बको कारोबार

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं- आज सोमबार नेप्सेमा २१.३२ अंकको गिरावट आएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.०२ प्रतिशत घटेर २०७५ अंकमा रोकिएको हो।  आज १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १० वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने ४१ वटा कम्पनीको बढेको छ।

National life

दिनभर ४ अर्ब ५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ। यसक्रममा ९४ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ।

परिसूचक घटे पनि ३ कम्पनीको सेयरमा उच्च वृद्धि देखिएको छ। सीवाईसीएलको सेयर मूल्य १० प्रतिशत बढ्दा बीपीडब्लुको पनि १० प्रतिशतले नै बढेको छ। यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

नेप्सेमा कारोबार भएका १३ समूहमध्ये २ वटा समूहको सूचक बढेको छ। होटल र टुरिजम तथा व्यापार समूहको सूचकमा उल्लेख्य वृद्धि आएको छ। होटल समूहको सूचक ११४ अंक र व्यापार समूहको सूचक १७ अंकले बढेको छ।

अन्य ११ वटा समूहको सूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २३० अंकले घटेको छ। उत्पादनमूलक समूहको सूचक ६२ अंकले घट्दा लघुवित्त समूहको सूचक ५१ अंकले घटेको छ।

प्रकाशित: Jul 03, 2023| 15:55 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्