बिहीबार, असार ४, २०८३

ललिता निवास प्रकरणमा थप दुई पक्राउ

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका हुन्।

National life

गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसुरमा पक्राउ परेका हुन्। महर्जन भने पशुपति टिकिन्छा गुठीमार्फत नक्कली मोही खडा गरिएका व्यक्ति हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो। यससँगै यो प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन्। तीन जना भने अदालतको आदेशबाट छुटेका छन्।

 

प्रकाशित: Jul 03, 2023| 14:57 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्