सोमबार, साउन २५, २०८३

हात्तीले कुल्चेर झापामा एक वृद्धाको मृत्यु

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

झापा- झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा साहलाई सडकमा हात्तीले कुल्चेर मारेको बताइएको छ। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।

झापामा केही दिनअघि पनि जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले कुल्चेर मारेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिए।

प्रकाशित: Jul 03, 2023| 09:40 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्