बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल बारले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

नेपाल बारले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं- नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ।

National life

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले हिजो एक प्रेस विज्ञप्ति जारी गरी आज देशैभरका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी  नगर्ने जनाएको हो।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो।

सोही विरोधमा बारले उक्त घोषणा गरेको हो। जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने भने रिहा भइसकेका छन्।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरूप देशभरका अदालतका कर्मचारीहरूले हिजो तीन घण्टा काम नगरी विरोध जनाएका थिए।

Shivam cement

लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो।

प्रकाशित: Jul 03, 2023| 09:22 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्