मंगलबार, साउन २६, २०८३

वकिल रिहा नभए देशभर बहस ठप्प पार्ने बारको चेतावनी

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछानेलाई रिहा गर्न माग गरेको 
छ। 

आज एक विज्ञप्तिमार्फत बारले नासु तामाङमाथि दुर्व्यवहार भएको भनिएको दिनको सीसीटिभी फुटेज पेस गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ। बारले २४ घण्टाभित्र लामिछानेलाई रिहाइ नगरे सोमबार (भोलि) देशभरका अदालतमा बहस पैरवी नगर्ने चेतावनी दिएको छ। 

विज्ञप्तिमा बारले बन्दी प्रत्यक्षीकरणको रिटबाहेक कुनै पनि मुद्दामा उपस्थित नजनाउन कानुन व्यवसायीलाई आह्वान गरेको छ। 

गत बुधबार जिल्ला अदालतको कार्यालयभित्र नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रहरीले लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

तर, बारले घटनालाई तोडमोड गरेर अतिरञ्जित गरिएको दाबी गरेको छ। 

प्रकाशित: Jul 02, 2023| 20:12 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्