पछिल्लो समय विश्वभर चलिरहेको आर्थिक मन्दीका कारण सेलिब्रेटीहरू र राजशाहीहरुले आर्थिक कठिनाइको सामना गरिरहेका समाचारहरु आइरहेका छन्। यही समयमा बेलायती राजपरिवारका सदस्य प्रिन्स ह्यारी र उनकी धर्मपत्नी मेघन मर्केलले पनि यस्तै कठिनाइको सामना गरिरहेको समाचार सार्वजनिक भइरहेका छन्। उनीहरूले आफ्नो आयले महँगो जीवनशैलीलाई धान्न सकिरहेका छैनन्।
बेलायती बायोग्राफर टम बोवरका अनुसार ह्यारी र मेघनले आफ्नो विलासी जीवनशैलीलाई कायम राख्न धेरै पैसा खर्च गर्दै आएका छन् र त्यो अब उनीहरूको आम्दानीभन्दा बढी हुन जान्छ।
ह्यारीसँग विवाह गर्दा मेघनले आफ्नो अभिनय छोडिन् र उनीसँग अब हलिउडको आम्दानी छैन। यता ह्यारी र मेघनले शाही पदवी पनि त्यागिसकेका छन्। जसका कारण उनीहरुको 'शाही कोष'मा पनि कटौती गरिएको छ।
हाल उनीहरु संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् र उनीहरूले आफ्नो जीवनलाई शून्यबाट सुरु गर्नुपरेको छ। जुन उनीहरुका लागि निकै कठिन परिस्थिति बनेको जो-कसैले पनि अनुमान लगाउन सक्छ। यसका साथै राजपरिवारका सदस्यको हकमा त सुरक्षादेखि सबै कुराको विशेष प्रबन्ध मिलाउनुपर्ने हुन्छ।
पूर्व राजपरिवारका सदस्यले 'ह्यारी र मेघन' नामक डकु-श्रृङ्खलामा अभिनय गरेका छन्। मेघनले २०२२ को अगस्टमा 'आर्किटाइप्स' नामक आफ्नो पोडकास्ट पनि सुरु गरिन् र ह्यारीले भर्खरै 'स्पेयर' नामक पुस्तक प्रकाशित गरेका छन्। जसमा उनको जीवनका भोगाइ र अनुभवहरु समेटिएका छन्। यस पुस्तकले धेरै रेकर्डहरू तोडेको छ।
यो सबै ह्यारी र मेघनको विलासी जीवनशैलीको लागि आवश्यक रकमको जोहो गर्ने प्रयास भएको बेलायती सञ्चारमाध्यम लाइमलाइट मिडियाले बताएको छ। अझै पनि उनको खर्च धान्ने आम्दानी हुन सकेको छैन। मेघनले चाँडै नै आफ्नो ब्लग पुन: सुरु गर्न सक्ने बताइएको छ। यसअघि मेघनले आफू शाही परिवारको सदस्य बनेपछि यो बन्द गर्नुपरेको थियो। बेलायती सञ्चारमाध्यमहरुले मेघनले पनि यसलाई आम्दानीको अर्को प्रयासका रुपमा सुरु गर्ने बताएका छन्।
यो दम्पतीले निजी जेट प्रयोग गर्छ। उनीहरु शाही परिवारका सदस्य रहेसम्म पैसाको खासै चिन्ता गर्नु पर्दैनथ्यो तर हाल उनीहरु सामान्य जीवनमा फर्किएका छन् र जीवनशैली पनि शाही परिवारकै अपनाइरहेका छन्। त्यसैले उनीहरू आफ्नो खर्च धान्नका लागि रोजगारी सिर्जना गर्दै र जीविकोपार्जन गर्ने प्रयास गरिरहेका छन्।
एउटा विलासी जीवनशैली र खर्च गर्ने जीवनमा कम र सुरक्षाको वास्तविक आवश्यकताका लागि उनीहरुको खर्च अपुग भएको हुनसक्ने पनि बताइएको छ। ह्यारी र मेघन दुवै 'हाइ-प्रोफाइल' सेलिब्रेटी हुन्। सत्तारुढ बेलायती राजाको सन्तान हुनु भनेको विशेषाधिकारको जीवन मात्र होइन, डर र निरन्तर निशानामा पर्ने जीवन पनि हो।
यसले गर्दा ह्यारी आफ्नो परिवारको सुरक्षा गर्न चाहन्छन् र तिनीहरू सुरक्षित हुन सक्ने गरी सुरक्षाको प्रबन्ध मिलाइएको छ। र, यति उच्चस्तरको सुरक्षा हरेक दिन प्रदान गर्नु सस्तो छैन। सुरक्षा भनेको परिवारको प्रत्येक सदस्यको लागि एक अंगरक्षक मात्र होइन, यसको अर्थ घरको सुरक्षा, गार्ड, सुरक्षा क्यामेरा र यात्रा पनि हो।
उनीहरुको सुरक्षाका लागि नै निजी उडानहरू, निजी कारहरू र उनीहरूका बच्चाहरूको लागि अधिकतम स्तरको सुरक्षा प्रदान गर्ने कुरा पनि निकै महँगो पर्ने गर्छ। यसका लागि उनीहरुले आम्दानीका लागि विभिन्न परियोजनाहरुमा काम गरिरहेका छन्। यसको अर्थ उनीहरुले आर्थिक रुपमा टाट पल्टिएको स्व-घोषणा गरेका त होइनन् भन्दै विभिन्न अड्कलबाजीहरु भइरहेका छन्।