बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरण : नक्कली मोही, तत्कालीन वडासचिव र नापीका कर्मचारी पक्राउ 

ललिता निवास प्रकरण : नक्कली मोही, तत्कालीन वडासचिव र नापीका कर्मचारी पक्राउ 

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार नक्कली मोही बनेका बाबुराजा महर्जन, २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव (हाल महानगरका अधिकृत) रहेका शिवजी भट्टराई र २०६७ सालमा नापी कार्यालयका कर्मचारी रहेका घमनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। 

National life

कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए। त्यसकै आधारमा १४ रोपनीभन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो।

प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ गरेको थियो। उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन्।

डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशले पक्राउ लगत्तै छुटेका थिए।

प्रकाशित: Jul 02, 2023| 18:32 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्