मंगलबार, साउन २६, २०८३

वर्षा र बाढीका कारण भारतको गुजरात राज्यमा १२ जनाको मृत्यु

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

नयाँ दिल्ली- भारतको गुजरात राज्यमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण आइतबार बिहानसम्म १२ जनाको मृत्यु भएको छ। प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन्। मृत्यु  हुने अन्य  व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय रहेको बताइएको छ। जामनगरका तल्लो क्षेत्रहरू डुबानमा परेकाले मानिसहरू घरभित्रै थुनिएका छन्।  
 
लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा स्थानीयहरू त्रसित छन्। गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यमा निरन्तर निगरानी  बढाएका छन्। स्थानीय प्रशासनका अधिकारीहरूलाई तटिय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।   -सिन्ह्वा

प्रकाशित: Jul 02, 2023| 20:41 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्