काठमाडौं- साइमेक्स इंक प्रालिले बीवाईडी अट्टो ३ को सीमित संस्करणको घोषणा गरेको छ। यो विशेष संस्करण आकर्षक फरेस्ट ग्रीन रङ्गमा उपलब्ध छ।
यस सीमित संस्करणको केवल १०० युनिट मात्र उपलब्ध हुनेछ र मूल्य बिन्दु रूपमा ६६.८८ लाख रुपैयाँ हुनेछ।
फरेस्ट ग्रीनमा सीमित संस्करण बीवाईडी एटीटीओ ३ शक्तिशाली १०० किलोवाट मोटर र बलियो ६०.४८ पध्ज ब्याट्री प्याक सहित सुपीरियर ट्रिममा मात्र उपलब्ध छ। ४२० किलोमिटरको प्रभावशाली दायरा यसमा रहेको छ। ‘हामी नेपाली बजारमा बीवाईडी अट्टो ३ को सीमित संस्करणमा फरेस्ट ग्रीन पेश गर्न पाउँदा उत्साहित छौँ,’ साइमेक्सका नेशनल सेल्स हेड आशुतोष गौतम भन्छन्, “यो विशेष संस्करणले हाम्रा मूल्यवान् ग्राहकहरूलाई अद्वितीय र प्रिमियम प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ। यसको मनमोहक रङ्ग, उन्नत सुविधाहरू र असाधारण दायराका साथ हामी विश्वास गर्छौँ कि सीमित संस्करणको बीवाईडी एटीटीओ ३ ले अपेक्षाहरु पुरा गर्नेछ र वास्तवमै उल्लेखनीय ड्राइभिङ अनुभव प्रदान गर्नेछ।”