काठमाडौं- मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ।
आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि ५ हजार रुख रोपिएको थियो। यस परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुनर्स्थापना, स्थानीय जीविकोपार्जनमा सुधार गर्न र प्राकृतिक महत्वका क्षेत्रमा वन पुनर्स्थापना गर्न मध्यवर्ती क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ।
नेपालका जंगलहरू सौन्दर्यले भरिपुर्ण एक प्राकृतिक बरदान हुन, जसमा धेरै लोपोन्मुख वन्यजन्तु प्रजातिहरू छन्। चितवन राष्ट्रिय निकुञ्ज वरपरको इकोसिस्टममा अत्यधिक फसल काट्ने, जंगलमा लागेको आगो र अनियोजित कृषि उत्पादनले ठूलो असर पारेको छ। वातावरणीय क्षतिले स्थानीय दिगोपन र ग्रामीण जनसंख्याको जीविकोपार्जनमा असर पारेको छ र प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिम बढेको छ।
तराई क्षेत्र आसपासमा सालका रूखहरूले भरिएको बछौलीमा स्थानीय जनसङ्ख्या बढ्दै गएको छ, जसले गर्दा ठूलो मात्रामा वन, प्राकृतिक बासस्थान र भूमिको उर्वरता नष्ट भएको छ।
यी समस्याहरूको सामना गर्न, मेटलाइफ फाउन्डेसनले नवलपरासी जिल्लामा इडेन रीफरेसटेसन परियोजना मार्फत आर्बर डे फाउन्डेसनलाई सहयोग गरेको छ। निकुञ्जको जैविक विविधता मध्यवर्ती क्षेत्र नजिकै माटो लंगर र माटो खस्ने समस्या रोकथाममा फाइदाहरू भएका स्वदेशी रूखहरू रोपिएका थिए। यस परियोजनाले नर्सरी विकास, बिरुवा अंकुरण, र प्लेटिङलाई समावेश गरी तीन–चरणमा यस परियोजना सम्पन्न गरिएको थियो।
वन विभागले आगामी वर्ष यी ग्रामीण समुदायहरूका रूखहरू, महत्त्वपूर्ण बोटबिरुवाहरू र वन्यजन्तु प्रजातिहरूको मर्मत सम्भार र संरक्षणको निरीक्षण गर्नेछ।थप रूपमा, यस परियोजनाले स्थानीय वन कार्यक्रम प्रारम्भ गर्न स्थानीय महिला नेतृत्वको टोलीहरू विकास गरेर समुदायमा महिला सशक्तिकरणमा पनि ध्यान केन्द्रित गरेको छ।
यस परियोजनाले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने प्रयासमा पनि योगदान पुर्याउँछ, प्राकृतिक प्रकोपबाट जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिँदै स्थानीय इकोसिस्टम र समुदायको स्वास्थ्य सुधार गर्न र जैविक विविधता संरक्षण गर्न मद्दत गर्नेछ।