आइतबार, असार २८, २०८३

आइतबार ५३.७० अंकले घट्यो नेप्से 

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- आइतबार नेप्से परिसूचक ह्वात्तै घटेको छ। आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ। आइतबार २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आइतबास नेप्सेका सबै उपसमूहहरु घटेका छन्।

सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो। यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो। नाफा भएकाहरुले बिक्री गरे पनि बजारमा क्रेता पक्ष राम्रै रहेको देखिएको छ। नेप्से दोहोरो अंकले घटेका बेला पनि कारोबार रकम औसतमा रहेको छ।

यस दिन २८६ कम्पनीको १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ४२ लाख ५६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन्।

प्रकाशित: Jul 02, 2023| 16:08 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्